admin@journalism.academy Kathmandu, Nepal

Call for Applications | आवेदन आह्वान

मल्टिमिडिया पत्रकारिता तालिमका लागि आवेदन खुला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि आवेदन खुल्ला गरेको छ।

जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित जर्नलिजम एकेडेमीलेले नेपाली पत्रकारहरूका लागि काठमाण्डौंमा यो तालिम सञ्चालन गर्न लागेको हो।

तालिमका लागि छनौट भएका पत्रकारलाई तालिमको शुल्कका लागि इन्टरलिङ्क एकेडेमीले फेलोशीप प्रदान गर्नेछ।

महत्त्वपूर्ण मितिहरू

तालिम:

जून ५ देखि १० तारिख (विसं २०८२ जेठ २२ देखि २५) काठमाण्डौँमा बिहान ९ देखि ५ बजे
जुलाई २७ देखि अगस्ट १ तारिख (विसं २०८२ साउन ११ देखि १६) काठमाण्डौँमा बिहान ९ देखि ५ बजे

बिचका ६ साता अनलाइन कार्य हुनेछ जसमा प्रशिक्षार्थीले हप्ताको ६ देखि ८ घण्टा दिनुपर्नेछ।

आवेदन दिने अन्तिम दिन: मे २५ तारिख (जेठ ११ गते)

आवेदन यहाँ दिन सकिन्छ तर आवेदन दिनुअघि तलको जानकारीहरू राम्ररी पढ्नुहोस्।

कसले आवेदन दिन सक्छन्?
कम्तीमा तीन वर्ष अनुभव भएका नेपाली पत्रकारहरू। यो तालिक आधारभूत तालिम हो र मल्टिमिडिया पत्रकारिताको अनुभव नभएकाहरूले पनि आवेदन दिन सक्छन्।

तालिमका विषय के-के हुन्?
तालिमका मोबाइल फोन प्रयोग गरेर तस्बिर, आवाज र भिडियो रेकडिङ् गर्ने, तिनलाई सम्पादन गरेर मल्टिमिडिया सामग्री निर्माण गर्न आवश्यक शिपमूलक विषयहरू सामेल हुनेछन्।

तालिम शुल्क कति लाग्छ?
यो तालिम शुल्क रु ९९,००० हो तर छनौट भएका पत्रकारका सम्पूर्ण खर्च (काठमाण्डौं उपत्यकाका सहभागीको तालिम शुल्क र उपत्यका बाहिरका सहभागीको तालिम शुल्क, यातायात र आवास खर्च) एकेडेमीले बेहोर्ने छ।

तलिम कस्तो हुन्छ?
तालिम जर्नलिजम एकेडेमीको ६+६+६ फर्म्याटमा सञ्चालन हुन्छ। यसको अर्थ ६ दिन बिहान ९ देखि ५ बजेसम्म एकेडेमीको कक्षाकोठामा तालिम हुन्छ भने त्यसपछि ६ साता अनलाइनमा सञ्चालन हुन्छ र अन्तिममा फेरि ६ दिन बिहान ९ देखि ५ बजेसम्म तालिम सञ्चालन हुन्छ।

आवेदन दिन के-के चाहिन्छ?
तपाईँको बायोडेटाको doc वा pdf तयार गरेर यहाँ फाराम भर्न सकिन्छ।
छनौट भएका सहभागीले कार्यरत संस्थाबाट तालिमका लागि स्वीकृति र तालिम अवधिका लागि बिदा दिइएको पत्र बुझाउनु पर्नेछ।

छनौट कसरी गरिन्छ?
तालिम सहजकर्ता, जर्नलिजम एकेडेमीको प्रतिनिधि र इन्टरलिङ्क एकेडेमीको प्रतिनिधिको समितिले प्राप्त आवेदनमध्येबाट १२ जनाको छनौट गर्छ। यसरी छनौट गर्दा सहभागितामूलक बनाउन प्रयास गरिन्छ।

निशुल्क तालिममा एक मिडियाबाट एकभन्दा बढि सहभागी छनौट गरिने छैन।

थप प्रश्न भए admin@journalism.academy मा इमेल गर्नुहोस्।
आवेदन दिन तयार भए यहाँ थिच्नुहोस्।