१. सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६ देखि सन् २०२९ सम्म कस्ता तालिम सञ्चालन गर्दैछ?
सिएमआर नेपाल जर्नलिजम एकेडेमीले आगामी तीन वर्षमा पत्रकारहरूका लागि २४ वटा व्यावसायिक तालिम सञ्चालन गर्नेछ। तालिमहरू मुख्यतः निम्न पाँच विषयमा केन्द्रित हुनेछन्:
- Data Driven Journalism
- Podcasting for Journalists
- Multimedia Journalism
- Digital Security for Journalists
- Fact-checking and verification
२. तालिम कसरी सञ्चालन हुन्छ?
धेरैजसो तालिम ६+६+६ मोडेलमा सञ्चालन गरिनेछन्।
- पहिलो ६ दिन: काठमाडौँमा एक साताको सघन (Face-to-Face) तालिम
- अर्को ६ साता: अनलाइन अभ्यास, असाइनमेन्ट र प्रशिक्षकको मार्गदर्शन
- अन्तिम ६ दिन: काठमाडौँमा पुनः सघन (Face-to-Face) तालिम
पहिलो चरणमा आधारभूत ज्ञान र सीपमा केन्द्रित प्रशिक्षण हुनेछ। अनलाइन चरणमा सिकेका कुरा आफ्नै कार्यक्षेत्रमा अभ्यास गरिनेछ। अन्तिम चरणमा थप उन्नत (Advanced) ज्ञान, सीप र व्यावहारिक प्रयोगमा केन्द्रित प्रशिक्षण हुनेछ।
३. कसले आवेदन दिन सक्छ?
नेपालमा कार्यरत कम्तीमा तीन वर्षको पत्रकारिता अनुभव भएका नेपाली पत्रकारहरूले आवेदन दिन सक्छन्।
महिला, सीमान्तकृत समुदाय तथा दुर्गम क्षेत्रका पत्रकारहरूको हकमा दुई वर्षको अनुभव भए पनि आवेदन दिन सकिनेछ।
४. पहिले सिएमआर नेपाल जर्नलिजम एकेडेमीको तालिम लिइसकेकाले पनि आवेदन दिन मिल्छ?
मिल्छ।
सन् २०१८ देखि २०२६ सम्म सिएमआर नेपाल जर्नलिजम एकेडेमीबाट तालिम लिइसकेका पत्रकारहरूले फरक विषयको तालिम का लागि पुनः आवेदन दिन सक्नेछन्।
५. तालिम शुल्क कति लाग्छ?
छनोट भएका सबै सहभागीहरूको तालिम शुल्क पूर्ण रूपमा जर्मनीको इन्टरलिङ्क एकेडेमीले बेहोर्नेछ।
६. तालिमका क्रममा खाना र बसोबासको व्यवस्था हुन्छ?
पहिलो र अन्तिम चरणका (Face-to-Face) तालिमका दिनहरूमा सिएमआर नेपाल जर्नलिजम एकेडेमीले ब्रेकफास्ट र दिवा खानाको व्यवस्था गर्नेछ।
काठमाडौँ बाहिरबाट आउने सहभागीहरूका लागि आवश्यकता अनुसार यातायात (किफायती बस वा हवाई टिकट) तथा आवासका लागि सीमित छात्रवृत्ति उपलब्ध हुनेछ।
सम्भव भएसम्म सहभागीहरूले आफ्नै यातायात र आवासको व्यवस्था गर्न सक्ने भए त्यसो गर्न अनुरोध गरिन्छ, ताकि सीमित छात्रवृत्तिबाट बढी आवश्यक पर्ने पत्रकारहरू लाभान्वित हुन सकून्।
७. आवेदन कहिले खुल्छ?
हाल पाँचै विषयका तालिमका लागि आवेदन खुला छ।
८. कसरी आवेदन दिने?
अनलाइन आवेदनका लागि: journalism.academy/apply
९. एकभन्दा बढी तालिमका लागि आवेदन दिन मिल्छ?
मिल्छ। तपाईंले आफ्नो रुचि र आवश्यकता अनुसार एक वा एकभन्दा बढी विषयका तालिमका लागि आवेदन दिन सक्नुहुन्छ।
तर सन् २०२६ देखि २०२९ सम्ममा एउटा मात्रै तालिममा सहभागी हुन सक्नुहुन्छ ।
१०. एउटै विषयका लागि बारम्बार आवेदन दिनुपर्छ?
पर्दैन।
एउटै विषयमा एक पटक आवेदन दिएपछि, न्यूनतम योग्यता पुगेका आवेदकलाई आगामी तीन वर्षमा सञ्चालन हुने सोही विषयका सबै तालिमका लागि छनोट सूची (Roster) मा राखिनेछ।
उदाहरणका लागि, Podcasting for Journalists का लागि आवेदन दिएका योग्य पत्रकारहरू आगामी तीन वर्षमा सञ्चालन हुने सबै पडकास्टिङ तालिमका लागि स्वतः छनोट सूचीमा रहनेछन्।
११. सहभागी कसले छनोट गर्छ?
तालिमका लागि तीन सदस्यीय छनोट समितिले सहभागी छनोट गर्नेछ। समितिमा:
- एक जना प्रशिक्षक,
- एक जना सिएमआर नेपाल जर्नलिजम एकेडेमीका प्रतिनिधि, र
- एक जना इन्टरलिङ्क एकेडेमी वा सिएमआर नेपालका प्रतिनिधि रहनेछन्।
१२. छनोटको आधार के हुन्छ?
छनोट गर्दा मुख्य रूपमा निम्न पक्षहरूलाई मूल्याङ्कन गरिनेछ:
- तालिमको आवश्यकता,
- सिकेको ज्ञान र सीपलाई पत्रकारितामा प्रयोग गर्न सक्ने सम्भावना,
- व्यावसायिक प्रतिबद्धता,
- तालिमबाट हुने सम्भावित प्रभाव।
साथै, प्रत्येक तालिममा सकेसम्म महिला–पुरुष सहभागितामा सन्तुलन, भौगोलिक विविधता समावेशिता सुनिश्चित गर्ने प्रयास गरिनेछ।
१३. तालिम सफलतापूर्वक पूरा गरेपछि प्रमाणपत्र पाइन्छ?
हो। तालिमका सबै चरण र आवश्यक गतिविधि सफलतापूर्वक पूरा गर्ने सहभागीलाई सिएमआर नेपाल जर्नलिजम एकेडेमीद्वारा प्रमाणपत्र प्रदान गरिनेछ।
१४. थप जानकारी कहाँबाट प्राप्त गर्न सकिन्छ?
थप जानकारीका लागि सिएमआर नेपाल जर्नलिजम एकेडेमीको वेबसाइट वा इमेल admin@journalism.academy वा आधिकारिक सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न सक्नुहुन्छ।