सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पडकास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ।
जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित जर्नलिजम एकेडेमीलेले नेपालमा पत्रकारहरूका लागि काठमाण्डौंमा पडकास्टिङ् तालिम सञ्चालन गर्न लागेको हो।

महत्त्वपूर्ण मितिहरू
पहिलो सत्र: विसं २०८२ असार २२ देखि २७ गते (ईसं २०२५ जुलाई ६ देखि ११)
दोस्रो सत्र: विसं २०८२ भदौ १५ देखि २० गते (ईसं २०२५ अगस्ट ३१ देखि सेप्टेम्बर ५)
माथिको दुबै मिति एउटै तालिम हो । छानिएका पत्रकार दुबै मितिमा सहभागी हुनुपर्छ ।
आवेदन दिने अन्तिम मिति: विसं २०८२ असार ८ गते (ईसं २०२५ जून २२)
आवेदन यहाँ दिन सकिन्छ तर आवेदन दिनुअघि तलको जानकारीहरू राम्ररी पढ्नुहोस्।
कसले आवेदन दिन सक्छन्?
कम्तीमा तीन वर्ष अनुभव भएका नेपाली पत्रकारहरू। यो तालिम आधारभूत तालिम हो र पडकास्टिङ्को अनुभव नभएकाहरूले पनि आवेदन दिन सक्छन्।
तालिमका विषय के-के हुन्?
तालिमका पडकास्टिङ निर्माण, प्रसारण/प्रकाशन र प्रवर्धनसम्बन्धी शीपमूलक विषयहरू सामेल हुनेछन्। पडकास्टिङ तालिम अडियोमा केन्द्रित हुनेछ र भिडियोसम्बन्धी थोरै सीपहरू मात्रै यो तालिममा राखिएका छन् ।
तालिम शुल्क कति लाग्छ?
यो तालिमको शुल्क रु ९९,००० हो। तर तालिमका छनौट भएका सहभागीको सम्पूर्ण खर्च (काठमाण्डौं उपत्यकाका सहभागीको तालिम शुल्क र उपत्यका बाहिरका सहभागीको तालिम शुल्क, यातायात र आवास खर्च) का लागि एकेडेमीले छात्रवृत्ति प्रदान गर्नेछ।
तलिम कस्तो हुन्छ?
तालिम जर्नलिजम एकेडेमीको ६+६+६ फर्म्याटमा सञ्चालन हुन्छ। यसको अर्थ ६ दिनको पहिलो सत्र बिहान ९ देखि ५ बजेसम्म एकेडेमीको कक्षाकोठामा तालिम हुन्छ भने त्यसपछि ६ साता अनलाइनमा सञ्चालन हुन्छ र अन्तिममा फेरि ६ दिनको दोस्रो सत्र बिहान ९ देखि ५ बजेसम्म तालिम सञ्चालन हुन्छ।
आवेदन दिन के-के चाहिन्छ?
तपाईँको बायोडेटाको doc वा pdf तयार गरेर यहाँ फाराम भर्न सकिन्छ।
छनौट भएका सहभागीले कार्यरत संस्थाबाट तालिमका लागि स्वीकृति र तालिम अवधिका लागि बिदा दिइएको पत्र बुझाउनु पर्नेछ।
छनौट कसरी गरिन्छ?
तालिम सहजकर्ता, जर्नलिजम एकेडेमीको प्रतिनिधि र इन्टरलिङ्क एकेडेमीको प्रतिनिधिको समितिले प्राप्त आवेदनमध्येबाट १२ जनाको छनौट गर्छ। यसरी छनौट गर्दा सहभागितामूलक बनाउन प्रयास गरिन्छ।
सन् २०२५ मा सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सञ्चालन गर्ने तालिमहरूमा काठमाण्डौँ उपत्यका बाहिरका पत्रकारहरूलाई प्राथमिकता दिइने छ।
तालिममा एक मिडियाबाट एकभन्दा बढि सहभागी छनौट गरिने छैन।
अन्य तालिममा सहभागीले फेरि आवेदन गर्न पाउँछन्?
जर्नलिजम एकेडेमीको निशुल्क तालिममा छनौट भइसकेका पत्रकारले फेरि आवेदन दिन पाउँदैनन्। तर आवेदन दिएर छनौट नभएका पत्रकारले आवेदन दिन पाउँछन्।
थप प्रश्न भए admin@journalism.academy मा इमेल गर्नुहोस्।
आवेदन दिन तयार भए यहाँ थिच्नुहोस्।
