• admin@journalism.academy
  • M8FV+75 Kathmandu

डेटा पत्रकारिता तालिम २०२५/२६: आवेदन खुला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले विसं २०८२ मा हुने तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन आह्वान गरेको छ।

जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित जर्नलिजम एकेडेमीले नेपाली पत्रकारहरूका लागि काठमाण्डौँमा यो तालिम सञ्चालन गर्न लागेको हो।

छनौट भएका सबै पत्रकारका लागि तालिम फेलोशीप प्रदान गरिने छ । फेलोशीपअन्तर्गत तालिमको शुल्क, तालिम अवधिको खाना र काठमाण्डौँ बाहिरका पत्रकारलाई आवास र यातायातका लागि आर्थिक सहायता प्रदान गरिने छ ।

तालिम मिति

  • सन् २०२५ नोभेम्बर २ देखि ७ सम्म (२०८२ कार्तिक १६ देखि २१ गते) बिहान ९ देखि ५ बजे र
  • सन् २०२६ जनवरी ४ देखि ९ सम्म (२०८२ पुस २० देखि २५ गते) बिहान ९ देखि ५ बजे

बिचका ६ साता अनलाइन कार्य हुनेछ जसमा प्रशिक्षार्थीले हप्ताको ६ देखि ८ घण्टा दिनुपर्नेछ।

आवेदन दिने अन्तिम दिन: अक्टोबर १९ तारिख आइतबार (कार्तिक २ गते)

आवेदन यहाँ दिन सकिन्छ तर आवेदन दिनुअघि तलको जानकारीहरू राम्ररी पढ्नुहोस्।

कसले आवेदन दिन सक्छन्?

कम्तीमा तीन वर्ष अनुभव भएका नेपाली पत्रकारहरू। पत्रकार महिलाहरूलाई विशेष प्राथमिकता दिइनेछ।

यो तालिम आधारभूत तालिम हो र डेटा पत्रकारिताको अनुभव नभएकाहरूले पनि आवेदन दिन सक्छन्।

तालिमका विषय के-के हुन्?

नेपाली भाषामा हुने तालिममा निम्न विषयहरू समावेश हुनेछ:

  • Data in journalism
  • Working with data: calculations and filtering
  • Data Visualization: graphs, charts and maps
  • Data sources and formats
  • Data scrapping and cleaning
  • Making sense of the huge data
  • Live tables, graphs and maps
  • Using AI in data journalism
  • Data-driven stories

तालिम कस्तो हुन्छ?

तालिम जर्नलिजम एकेडेमीको ६+६+६ फर्म्याटमा सञ्चालन हुन्छ। यसको अर्थ ६ दिन बिहान ९ देखि ५ बजेसम्म एकेडेमीको कक्षाकोठामा तालिम हुन्छ भने त्यसपछि ६ साता अनलाइनमा सञ्चालन हुन्छ र अन्तिममा फेरि ६ दिन बिहान ९ देखि ५ बजेसम्म तालिम सञ्चालन हुन्छ।

आवेदन दिन के-के चाहिन्छ?

तपाईँको बायोडेटाको doc वा pdf तयार गरेर यहाँ फाराम भर्न सकिन्छ।

छनौट भएका सहभागीले कार्यरत संस्थाबाट तालिमका लागि स्वीकृति र तालिम अवधिका लागि बिदा दिइएको पत्र बुझाउनु पर्नेछ।

छनौट कसरी गरिन्छ?

तालिम सहजकर्ता, जर्नलिजम एकेडेमीको प्रतिनिधि र इन्टरलिङ्क एकेडेमीका प्रतिनिधिको समितिले प्राप्त आवेदनमध्येबाट १२ देखि १४ जनाको छनौट गर्छ। यसरी छनौट गर्दा सहभागितामूलक बनाउन प्रयास गरिन्छ।

निशुल्क तालिममा एक मिडियाबाट एकभन्दा बढि सहभागी छनौट गरिनेछैन।

थप प्रश्न भए admin@journalism.academy मा इमेल गर्नुहोस्।
आवेदन दिन तयार भए यहाँ थिच्नुहोस्।